काठमाडौं- देशभर ५ हजार २४२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको अध्यावधिक तथ्यांक अनुसार देशभर ५ हजार २४२ जना सक्रिय संक्रमित रहेका हुन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९० संक्रमित थपिँदा २३२ जना निको भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २६ हजार २०६ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार २१ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ८ लाख ९ हजार ३८७ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ५७७ जना पुगेको छ।