काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२० कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ। मन्त्रालयको मंगलबारको तथ्यांक अनुसार देशभर ९५ कोरोना संक्रमितको आईसीयूमा र २५ जनाकाे भेन्टिलेटरमा गरी कुल १२० जना उपचाररत छन्।
मन्त्रालयको मंगलबारको तथ्यांक अनुसार प्रदेश १ मा १० जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन्। यसैगरी प्रदेश २ मा २ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ७० जना आईसीयूमा र १९ जना भेन्टिलेटरमा उपचारत छन्।
गण्डकी प्रदेशमा ३ जना आईसीयूमा उपचाररत छन्। त्यस्तै लुम्बिनी प्रदेशमा ८ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन्।
सुदुरपश्चिममा २ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन्। हाल देशभर ४ हजार ९९३ जना होम आईसोलेसनमा छन् भने २४९ जना संस्थागत आईसोलेसनमा रहेका छन्।