काठमाडौं- नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा अञ्जनीकुमार झा कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन्। पाँच सदस्य चयन हुने मधेशी खुलातर्फ २३ जनाले उम्मेदवारी दिएका थिए।
डा झा ८०२ मत ल्याउँदै ११औं नम्बरमा परेका छन्।
डा झा धनुषाबाट कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए।
मधेशी खुला तर्फ जय चौरसियाले सर्वाधिक मत ल्याएका छन्। पहिलो नम्बरमा रहेका चौरसियाले २५२२ मत ल्याएर जित निकालेका छन्।
अर्बपति विनोद चौधरीले दोस्रो स्थानको मत ल्याएका छन्। २२०६ मतसहित चौधरी विजयी भएका हुन्।
तेस्रो स्थानको मत चन्द्रमोहन यादवले ल्याएका छन्। उनले २१३८ मत प्राप्त गरेका छन्। आज भएको मत गणनाको परिणाम अनुसार मधेशी खुलातर्फ विजयी महेन्द्रकुमार रायले चौंथो स्थानको मत ल्याएर विजयी भएका छन्। रायले १९८४ मत प्राप्त गरेका छन्।
केन्द्रीय सदस्यमा निर्वाचित हुने दिनेशकुमार यादवले पाँचौ स्थानको मत ल्याएर जित निकालेका छन्। यादव १९५९ मत ल्याई विजयी भएका छन्।
विजयी पाँच जनामा चन्द्रमोहन यादव बाहेक सबै देउवा पक्षका हुन्।