काठमाडौं- ललितपुरमा रहेको अल्का अस्पतालले अल्का आइभिएफ एण्ड फर्टिलिटी सेन्टरमा दुई जना विशेषज्ञ सहितको सेवा शुरु गरेको छ।
आइभिएफ विशेषज्ञद्धय डा. स्वेता सिंह र डा. नेहा हुमागाइँले सेवा शुरु गरेका हुन। उनीहरु दुबै जना आइभिएफ सम्बन्धी विशेषज्ञ हुन। केयुबाट एमबिबिएस र एमडी गरेकी गुमागाइँले चेन्नइबाट आइभिएफ र ल्याव्रोस्कोपीमा फेलोसिप गरेकी हुन।
उनीसँग राजधानीका विभिन्न अस्पतालहरुसँग काम गरेको अनुभव छ। केयुबाट एमबिबिएस र एमडी गरेकी डाक्टर सिंहले दिल्लीबाट इनफर्टिलिटीमा फेलोसिप गरेकी छन।
उनीहरु दुबैले नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञको रुपमा नाम दर्ता गराएका छन्। अल्का अस्पतालले स्तरोन्नितसँगै अल्का आइभिएफ सेवा सुरु गरेको छ।