काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा पदोन्नति भएका डा अरुणकुमार न्यौपानेलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले उनलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। सेनाले उपरथी डा न्यौपानेलाई सैनिक स्वास्थ्य महानिर्देशकको जिम्मेवारी दिएको छ ।