काठमाडौं- इजरायल कोरोना भाइरसको चौथो डोज दिने पहिलो देश बन्ने योजनामा रहेको छ। इजरायलले ओमिक्रोन भेरियन्टका कारण नयाँ लहरका निम्तिने सम्भावना भएका कारण आफू यस्तो योजना बनाउने पहिलो देश बनेको जानकारी दिएको छ।
इजरायलका महामारी विशेषज्ञले ६० वर्ष माथिका मानिस र स्वास्थ्यकर्मीका लागि चौथो बुस्टर डोज दिने सिफारिश गरेको छ। प्रधानमन्त्री नफ्टाली बेनेटले योजनाको स्वागत गर्दै अधिकारीलाई यसको तयारी गर्नका लागि भनेका छन्। इजरायलमा मंगलबार ओमिक्रोन भेरियन्टका कारण पहिलो संक्रमितको मृत्युबारे पत्ता लागेपछि यस्तो निर्णय लिइएको हो।
स्वास्थ्य मन्त्रालयले इजरायलमा ओमिक्रोन भेरियन्टका कम्तीमा ३४० संक्रमित भएको जानकारी दिएको छ। चौथो बुस्टर डोज लगाउने निर्णय अहिले पनि वरिष्ठ स्वास्थ्यकर्मीसँग विचाराधीन अवस्थामा छ।
यद्यपि, प्रधानमन्त्री बेनेटको कार्यालयले बीबीसीसँगको कुराकानीमा प्रशासनले तेस्रो डोज लगाएको कम्तीमा चार महिनापछि चौथो डोजको अनुमति दिने आशा राखेको बताएको छ। बेनेटले भने, ‘यो निकै राम्रो खबर हो। यसले हामीलाई संसारलाई आफ्नो चपेटमा पारिरहेको ओमिक्रोनको लहरबाट बाहिर निकाल्न मद्दत गर्नेछ।’