काठमाडौँ– नेपालमा ११८ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहिबारसम्म् ११८ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ।
मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर ९६ कोरोना संक्रमितको आईसीयूमा र २२ को भेन्टिलेटरमा गरी कुल ११९ जना उपचाररत छन्। मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ७ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन्।
यसैगरी प्रदेश २ मा २ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ६५ जना आईसीयूमा र १४ जना भेन्टिलेटरमा उपचारत छन्।
गण्डकी प्रदेशमा ३ जना आईसीयूमा उपचाररत छन्। त्यस्तै लुम्बिनी प्रदेशमा ८ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन्। सुदुरपश्चिममा १ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन्।