काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आदिवासी जनजातितर्फकाे केन्द्रीय सदस्यको मतगणना सकिएको छ।
पार्टी कार्यालय सानेपामा सम्पन्न अन्तिम मतपरिणाम अनुसार नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा मुक्तिराम श्रेष्ठ पराजित भएका छन्।
आदिवासी जनजातितर्फको केन्द्रीय सदस्यको मतगणनामा ८ पदमध्ये ७ जना देउवा पक्षका विजयी भएका छन्। मतपरिणाम सार्वजनिक हुँदा डा शेखर कोइराला पक्षका एक जनाले जितेका छन्।
डा श्रेष्ठले ४६५ मत ल्याएका छन्। निर्वाचनमा ४६७९ मत खसेको थियो। जसमध्ये ६२ मत बदर भएको थियो।
निर्वाचनमा देउवा पक्षका चिनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, आङगेलु शेर्पा र तारामान गुरुङ विजयी भएका छन्। यता, शेखर पक्षका टेकप्रसाद गुरु विजयी भएका छन्।
केही दिन अघि सार्वजनिक भएको नतिजामा संघका पूर्व अध्यक्ष डा अञ्जनीकुमार झा पनि पराजित भएका थिए।