काठमाडौं- थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पुस महिनाभरि मिर्गौला, मूत्रनली र मूत्रथैली केन्द्रीत फ्री ओपिडी सेवा संचालन गर्ने भएको छ।
यही योजनाअनुसार शनिबार(भोलि) नर्भिकको यूरोलोजी टिमले निःशुल्क ओपिडी संचालन गर्ने अस्पतालले जनाएको छ।निःशुल्क ओपिडी सेवामा यूरोसर्जरी विशेषज्ञद्वय डा सञ्जिवभक्त विष्ट र डा सुनिल श्रेष्ठले सेवा दिनेछन्।
शनिबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म २ घण्टा निःशुल्क ओपिडी संचालन हुनेछ।
मिर्गौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी तथा अन्य समस्या भएकाहरुले निःशुल्क ओपिडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिनसक्नेछन्।
नर्भिकले अस्पतालमा उपलब्ध मिर्गौलाको पत्थरीका विभिन्न शल्यक्रिया विधिहरुमा पुस महिनाभरि विशेष छुटको समेत घोषणा गरेको छ।
नर्भिक अस्पतालमा सानो प्वाल बनाई मिर्गौलाको पत्थरी निकाल्ने प्रविधि मिनी पिसीएनएल तथा अल्ट्रा मिनी पिसीएनएल उपलब्ध छ।
यस्तै, घाउ नगरी मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने विधि, घाउ नगरी मिर्गौलाको पत्थरीको उपचार गर्ने विधि तथा घाउ नगरी मूत्रथैलीको पत्थरी निकाल्ने प्रविधि समेत उपलब्ध छ।
निःशुल्क ओपिडीमा सहभागी हुने बिरामीहरुले माथि उल्लिखित विभिन्न विधिहरुबाट शल्यक्रिया गर्दा विशेष छुट पाउने अस्पतालले जनाएको छ।
नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ। निःशुल्क ओपिडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ।
निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध रहेको नर्भिकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।