काठमाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिएको लाइसेन्स परीक्षामा ५६.८४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। परिषदले बिही, शुक्र र शनिबार लिएको परीक्षाको नतिजा आज सार्वजनि भएको हो।
परीक्षामा मास्टर, ब्याचलर र प्रमाणपत्र तीन तहका गरी २ हजार ६ सय ४८ परीक्षार्थी सहभागी भएका थिए। प्रमाणपत्र तहमा १ हजार ८ सय ११ जनाले फारम भरेकोमा ९ सय ६६ जना पास भएको परिषदले जनाएको छ।
ब्याचलर तहमा ७ सय ९७ जनामा ४५४ जना र मास्टर तहमा ७६ जनाले परीक्षा दिएकोमा ४२ जना उत्तीर्ण भएका छन्।
फारम भरेका १ सय १२ जना विद्यार्थी परीक्षामा अनुपस्थित रहेका थिए।