काठमाडौं- थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा कार्यरत स्टाफ नर्स निशा सुब्बाको निधन भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी सुब्बाको उपचारका क्रममा शनिबार बिहान निधन भएको हो।
सुब्बाको पुस ३ गते स्कुटर दुर्घटना भएको थियो। अस्पतालमा ड्यूटी सकेर घर फर्कने क्रममा ललितपुरको इमाडोलमा उनी दुर्घटनामा परेकी थिइन्। लगत्तै उनलाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको थियो।
अस्पतालको आइसीयूमा उपचाररत उनको शनिबार बिहान निधन भएको उनको फुपु विमान लिम्बुले जानकारी दिइन्।
झापा भद्रपुर घर भएकी सुब्बा प्रसूति गृहको पोष्टअप वार्डमा कार्यरत थिइन्।