काठमाडौं- जनस्वास्थ्यकर्मीहरुको हकहितका लागी स्थापित नेपाल जनस्वास्थ्य संघ (नेफा) गण्डकी प्रदेशमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ। नवलपुरका नारायण सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।
(नेफा)को केन्द्रिय कार्यसमिति र प्रदेश कार्यसमितिको आगामी नेतृत्वको लागि यहि पौष २४ गते मतदान मिति तोकिसकिएको छ। तर गण्डकी प्रदेशमामा भने सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ।
समितिको अध्यक्षमा नारायण सापकोटा, उपाध्यक्षमा स्याङ्जाका राजेन्द्र रेग्मी, सचीवमा लम्जुङका निरज सापकोटा, कोषाध्यक्षमा स्याङ्जाकि अनिसा सुवेदी, सहसचिवमा कास्कीका लोकराज आचार्य चयन भएका छन्।
त्यस्तै समावेशी सदस्यमा बालकुमारी पुन मगर र पुष्पा क्षेत्री, तथा खुला सदस्यमा विश्वास सुवेदी, भावना ढकाल, दिपेन्द्र सुनार र सुबाष पौडेल चयन भएका छन्। अगामी दुई वर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको निर्वाचन समिती सदस्य हरि प्रसाद काफ्लेले जानकारी दिए।