काठमाडौं– नेपाल निजामती कर्मचारी युनियन विभागीय कार्य समितिले स्वास्थ्यका कर्मचारीको विभिन्न समस्याहरुबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई ध्यानाकर्षण गराएको छ।
समितिले आइतबार स्वास्थ्य मन्त्री खतिवडालाई भेटेर स्वास्थ्यकर्मीका विषयमा ध्यानाकर्षण पत्र बुझाएका हुन्।
उनीहरुले केन्द्रस्थित दरबन्दीमा मेडिकल अधिकृत, फार्मेसी, ल्याब तर्फ र अन्य अकर्मचारीहरुको समायोजन तथा स्तरवृद्धि र स्वास्थ्य सेवा विभागबाट हुने स्तरवृद्धि यथाशिघ्र गर्न माग गरेका छन्।
यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र कान्ती बाल अस्पतालमा भएको अनियमितताको छानविन हुनुपर्ने, स्वास्थ्य मन्त्रालयबाट भएको केही शाखा परिवर्तन तथा पदस्थापना आस्थाका आधारमा भएको भन्दै नमिलेको विषयमा संसोधन गर्नुपर्ने, स्वास्थ्य सेवा ऐन २०५३ नियमावली २०५५ लाइ संसोधन सहित संसदबाट पारित गरी स्वेच्छि अवकास लागू गर्नुपर्ने माग गरेका छन्।
स्वास्थ्यकमीका लागि तलबी अध्ययन विदामा कोटा निर्धारण गरी समानुपालिक तरिकाले स्वास्थ्यकर्मीले अध्ययन गर्ने वातावरण मिलाउनुपर्ने संघिय कर्मचारीहरु पाँचौ तथा सातौं तहका फार्मेसी, नर्सिङ, ल्याव, रेडियोग्राफी लगायत समूहको नियमानुसार हुनुपर्ने स्तरवृद्धि र पाउनुपर्ने अध्ययन विदामा एक मात्र पद र दरवन्दी रहेको डडेल्धुरा अस्पतालको कारण देखाई लामो समय देखि स्तरवृद्धि र अध्ययन विदामा पूर्ण रोकावट भएकाले सो विषयमा छिसो निकास दिन पनि माग गरेका छन्।
यस्तै सिंहदरवार वैद्यखाना विकास समितिमा कार्यरत स्थायी ४३ जना कर्मचारीहरुको अवकाश कोषको व्यवस्था नभएकाले सामाजिक सुरक्षाको प्रत्याभूति हुने गरी प्रत्येक कर्मचारीको स्वीकृत अवकाश कोषको लागि बलेज व्यवस्गा तथा नीतिगत निर्देशन गर्न पनि माग गरेका छन।
उनीहरुले आगामी दिनमा स्वास्थ्यको क्षेमा काग गर्ने कर्मचारीलाई आस्थाका आधारमा भेदभाव गरेमा विरोधका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने समेत बताएका छन्।