काठमाडौं- काठमाडौंको चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र एनआइसी एशिया बैंक लिमिटेडबीच स्टाफ तथा ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको छ।
ॐ अस्पताल र एनआइसी एशिया बैंक लिमिटेडका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो।
सम्झौता अनुसार एनआइसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १० प्रतिशत छुट पाउनेछन् ।
यसैगरी, बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ।
ॐ अस्पतालले आफ्नो व्यापार प्रवर्द्धन नीति अनुसार देशका अधिकांश बैंकहरुसँग स्टाफ तथा ग्राहकहरुकालागि सरलिकृत सेवा दिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहि अनुरुप सेवा दिँदै आएको छ।