काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको प्रेस सल्लाहकारमा पत्रकार शन्तराम बिडारी नियुक्त भएका छन्। बिडारीलाई मन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै प्रेस सल्लाहकारको कामकाज गर्न जिम्मेवारी दिएका हुन्।
खतिवडा मन्त्रीमा नियुक्त भएदेखि नै अनौपचारिक रुपमा प्रेससंग सम्वन्धीत काम पत्रकार बिडारीले हेर्दै आएका थिए। अहिले भने उनले औपचारिक पत्र पाएका छन्।
त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागबाट स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट एलएलबी गरेका बिडारी विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन्।
उनले त्रिवि तथा अन्तर्गतका क्याम्पसहरुमा पत्रकारिता तथा आमसञ्चार विषय विगत ५ वर्षदेख अध्यापन समेत गर्दै आइरहेका छन्।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको निवर्तमान अध्यक्ष तथा हालका केन्द्रीय सदस्य रहेका बिडारीको स्थायी ठेगाना थाहा नगरपालिका वडा नं ६ बज्रबाराही मकवानपुर हो।