सोलुखुम्बु- मैदेल सेरोफेरो गुरुङ समाज लाउरेटोल काठमाडौँले यहाँस्थित दूधकोशी सामुदायिक अस्पतालको भवन बनाउन करिब रु ६० लाख सहयोग गरेको छ। सोलुको थुलुङ दूधकोशी गाउँपालिका–६ मैदेल स्थायी ठेगाना भइ लाउरेटोल निवासी गणेशबहादुर गुरुङ र गोविन्द गुरुङले उक्त रकम सङ्कलन गरेका हुन्।
अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष बलराम गुरुङका अनुसार समाजले समितिलाई आइतबारमात्र १४ लाख ८३ हजार ६४१ हजार हस्तान्तरण गरेको थियो। सो अवसरमा समाजका १०३ जनालाई खादासहित सम्मानपत्र प्रदान गरिएको थियो। थुलुङ दूधकोशी गाउँपालिका अध्यक्षसमेत रहनुभएका अस्पताल सञ्चालन समितिका अध्यक्ष असिम राईले सबैको सहयोगबाट अस्पताल भवन निर्माण ९५ प्रतिशत पूरा भएको र आगामी फागुनको पहिलो हप्ताभित्र सञ्चालनकोे तयारी भएको जानकारी दिए।
स्थानीयवासीलाई सामान्य उपचारको लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यता रही आएको छ। अस्पताल निर्माण सम्पन्न गर्न करिब रु ३० करोड खर्च हुने अनुमान गरिएको छ। गाउँपालिका केन्द्र मुक्लीमा रहेको सो अस्पताल निर्माणार्थ महायज्ञ समेत लगाइएको थियो।