काठमाडौं- सरकारले विदेश जानेहरुका लागि कोभिड १९ विरुद्धको खोप दिने भएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार एक सूचना जारी गरी उपत्यकाका ४ अस्पतालबाट जोन्सन एण्ड जोन्सन खोप दिन लागेको जनाएको हो।
मन्त्रालयका अनुसार विरेन्द्र सैनिक अस्पताल, छाउनी, नेपाल प्रहरी अस्पताल, महाराजगन्ज, शसस्त्र अस्पताल, बलम्बु र शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुबाट खोप दिइने व्यवस्था गरिएको छ। खोप लगाउन जाँदा अनिवार्य पासपोर्ट र भिसा लिएर जानुपर्ने छ।