काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १३२ जना, भक्तपुरमा १४ जना र ललितपुरमा १९ जना कोरोना संक्रमित थपिएका हुन्।
देशभर थप २७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २५१ र एन्टिजेन विधिबाट २० जनामा सङ्क्रमण पुष्टि भएको हो।