बैतडी- सुदूरपश्चिम प्रदेशमा आज थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ६४३ जनाको नमूना परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा ११ र महाकाली अस्पतालमा एक जनामा जनामा सङ्क्रमण पुष्टि भएको हो। गएको २४ घण्टामा प्रदेशभर पाँच जना सङ्क्रमणमुक्त भएका छन्।
सो अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन। यसअघि आइतबार यस प्रदेशमा एक जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच जना सङ्क्रमणमुक्त भएका थिए। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ जनाको ज्यान गइसकेको छ।