काठमाडौं- नेपालमा हाल काेराेना भाइरसका ४ हजार ९१० जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९१० जना रहेका छन्।
जसमध्ये ४ हजार ६६५ जना होम आइसोलेसनमा रहेका छन् भने २४५ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ८४ जना आईसीयू र २२ जना भेन्टिलेटरमा उपचाररत् छन्।
पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ। ८ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।