काठमाडाै- प्रधानमन्त्री शेरबहादुर देउवाले डा गोविन्द केसीलाई छलफलका लागि बालुवाटार बोलाएका छन्।
चिकित्सा शिक्षा सुधारका अभियन्ता केसी र प्रधानमन्त्री देउवाबीच बिहीबार अपरान्ह ४ः३० बजे बालुवाटारमा भेटवार्ता हुँदैछ।
भेटवार्तामा अघिल्लो पटकको भेटमा प्रधानमन्त्री देउवाले डा केसीसँग गरेका प्रतिबद्धताहरु तथा डा केसीले यही पुष ११ गते राखेका ७ बुँदे मागहरुका विषयमा छलफल हुने बताइएको छ।
डा केसीले गत आइतबार प्रेस विज्ञप्ति जारी गरी भ्रष्टाचारमा मुछिएका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीलाई तत्काल बर्खास्त गरी न्यायिक छानबिन आयोग बनाएर छानबिन सुरु गर्न माग गरेका थिए।
उनले खगेन्द्र प्रसाद अधिकारीलाई सिटिइभिटीको उपाध्यक्षबाट बर्खास्त गर्नुपर्ने, अवैध रुपमा अतिरिक्त शुल्क असुल्ने मेडिकल कलेजहरुको सम्बन्धन खारेजी लगायत सात बुँदे माग अघि सारेका छन्। यसअघि आफुसँग सरकारले गरेका विभिन्न मागहरु समेत पुरा गर्नुपर्ने डा केसीको माग गर्दै आएका छन्।