काठमाडौं- हाल देशभर सक्रिय काेराेना संक्रमितको संख्या ४ हजार ८७९ जना रहेका छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जसमध्ये ४ हजार ६५१ जना होम आइसोलेसनमा रहेका छन् भने २२८ जना संस्थागत आइसोलेसनमा रहेका छन्।
कोरोनाका बिरामीमध्ये ८९ जना आईसीयू र २४ जना भेन्टिलेटरमा उपचाररत् छन्। यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २२ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा थप २३५ जनामा कोरोना भाइरस पुष्टि भएको छ। ७ हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र १ हजार १९९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने २१२ जना संक्रमणमुक्त भएका छन्।