काठमाडौं- विद्यार्थी संगठनहरुले चिकित्सा शिक्षाका विद्यार्थीहरुलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन काठमाडौं विश्वविद्यालयबाट सम्बन्ध प्राप्त कलेजहरूसँग माग गरेका छन्।
शुक्रबार सात विद्यार्थी संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षाका विद्यार्थीहरूका जायज मागहरुमा ऐक्यबद्धता समेत जाहेर गरेका छन्।
काठमाडौं विश्वविद्यालयका सम्बन्ध प्राप्त कलेजहरू काठमाडौं मेडिकल कलेज सिनामंगल, नोबेल मेडिकल कलेज मोरङ र मणिपाल मेडिकल कलेज कास्कीले २०७८ सालको नयाँ भर्नामा एमबीबीएस, बिडिएस, र बी नर्सिङमा राज्यले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित छन्। सो आन्दोलनप्रति पनि विद्यार्थी संगठनहरुले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
विद्यार्थीहरूका मागबारे कलेजहरुले सुनुवाई नगरे आन्दोलन गर्ने समेत संगठनहरुले चेतावनी दिएका छन्।
![](https://ratopatis.prixacdn.net/media/albums/student_n8iZpyDD9H.jpg)