काठमाडौं- पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार सात पीसीआर परीक्षणमा ३४२ र १५ हजार ९५२ एन्टिजेन परीक्षणमा ४० जना गरी ३८२ जनामा संक्रमण पुष्टि भएको हो। कोरोना संक्रमितको यो संख्या पछिल्लो एक महिनामा सबैभन्दा बढी हो।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५२ रहेको छ ।