काठमाडौं - स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाले चितवनको भरतपुरमा दुई दिने प्रदेश स्तरीय आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ।
स्थानीय, प्रदेश सरकारका निर्देशक, नीति निर्माता, स्वास्थ्य प्रमुख र संयोजकलाई सेवाको विकास र विस्तार सम्बन्धी अभिमुखीकरण दिइएको हो। कार्यक्रममा भरतपुर अस्पतालका प्रमुख प्राडा कृष्ण पौडेलले सरकारका प्राय कार्यक्रम आमा र बच्चामा सीमित रहेपनि विशेष सेवा हरेक स्वास्थ्य संस्थामा पु¥याउन पहल गर्नुपर्ने बताए। यस किसिमको कार्यक्रम स्थानीय तहमा पु¥याउन उनको आग्रह थियो।
सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले संघीयताले स्वास्थ्य क्षेत्रको सूचक घटाएको बताए। खस्किएको स्वास्थ्य सूचक सुधार्न युवाले नेतृत्व लिनुपर्ने उनको भनाई थियो।
आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखा प्रमुख डा प्रकाश बुढाथोकीले आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवामा समाहित भइसकेका विशेषज्ञ सेवाहरु तल्लो स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसम्म पु¥याउन चुनौती भएको बताए। तर निरन्तर पहल गरे ती सेवाहरु पु¥याउन सकिने उनले बताए।