काठमाडौं- भारतमा पछिल्लो २४ घन्टामा २७ हजार ५५३ जनामा कोरोना पुष्टि भएको छ। सोही अवधिमा कोरोनाबाट २८४ जनाले ज्यान गुमाएका छन्। भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख २२ हजार ८०१ पुगेको छ।
यस्तै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १५ सय २५ पुगेको छ। जसमध्ये ५६० जना डिस्चार्ज भएका छन् भने १ हजार जना सक्रिय संक्रमित रहेका छन्। भारतमा कोरोना र ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिदै गएपछि कोरोना संक्रमण बढि देखिएको राज्यमा रात्रिकालीन कर्फ्यू जारी गरेको छ।
स्वास्थ्य मन्त्रालयले अचानक बढेको कोरोना र ओमिक्रोनका बिरामीका कारण आगामी दिनमा स्वास्थ्य सेवामा समस्या आउन सक्ने भन्दै फिल्डस्तरमा अस्पताल सिफ्ट गर्न निर्देशन दिएको छ।