काठमाडौं - ललितपुरको लगनखेलस्थित मानसिक अस्पताल पाटनको निर्देशकमा डा अनन्त अधिकारी नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा अधिकारीलाई निर्देशकको जिम्मेवारी दिएका हुन्।
डा अधिकारीले आजदेखि अस्पतालको निर्देशकको रुपमा जिम्मेवारी सम्हालेका छन्। उनी मानसिक अस्पतालका प्रमुख कन्सल्ट्यान्ट साइक्याटिक्स एघारौँ तहका चिकित्सक हुन्। यसअघि निर्देशक डा मोहनराज श्रेष्ठको अवकाशपछि उनले निमित्त निर्देशकको रुपमा जिम्मेवारी सम्हालेका थिए।
उनले भने, ‘आइतबार मन्त्रीपरिषदको बैठकले मलाई मानसिक अस्पतालको निर्देशकको रुपमा नियुक्त गरेको हो। मैले आजबाट निर्देशकको जिम्मेवारी सम्हालेको छु।’