काठमाडौं- भारतमा कोरोना संक्रमण दिनप्रतिदिन तीव्ररुपमा फैलिरहेको छ। कोरोनासँगै ओमिक्रोन भेरियन्टको संक्रमण पनि तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा देशमा ३३ हजार ७५० नयाँ कोरोना संक्रमित थपिएका छन्।
संक्रमणदर यो १.६८ प्रतिशत हो। यसअघि आइताबर २७ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो।
भारतमा पछिल्लो २४ घन्टामा ९६ नयाँ ओमिक्रोन संक्रमित भेटिएका छन्। भारतमा ओमिक्रोन संक्रमितको संख्या १७ सय पुगेको छ। महाराष्ट्र, दिल्ली र केरलामा बढी संक्रमण देखिएको हो। संक्रमितमध्ये ६३९ जना डिस्चार्ज भएका छन्।
कोरोनासँगै ओमिक्रोन फैलिएपछि भारतका ठूला सहरमा रात्रिकालीन कर्फ्यू जारी गरेको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतका २३ राज्यमा ओमिक्रोनको संक्रमण फैलिएको छ। जसमध्ये महाराष्ट्रमा सबैभन्दा बढी ४६० जनामा ओमिक्रोन देखिएको छ भने दिल्लीमा ३५१ जनामा संक्रमण देखिएको छ।