काठमाडौं- सरकारले नागरिकलाई कोरोनाविरुद्धको 'अतिरिक्त मात्रा' खोप दिने निर्णय गरेको छ। स्वाथ्य तथा जनसंख्या मन्त्रालयले दिर्घ रोगी तथा ६० वर्षमाथिका भेरोसेल वा सिनोफर्मा खोप लगाएका नागरिकलाई लक्षित गरी अतिरिक्त खोप दिने निर्णय गरेको हो।
कस-कसले पाउनेछन् खोपको तेस्रो मात्रा
मध्यम तथा गम्भीररुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, सक्रिय क्यान्सर रोगीहरु, अंग प्रत्यारोपण गरेका व्यक्तिहरु, एचआइभी भएका बिरामीहरु, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधीहरु सेवन गरिरहेका बिरामी, भेरोसेल तथा सिनोफार्म खोप लगाएका ६० वर्ष र सो भन्दा माथिल्लो उमेरका व्यक्तिहरुले अतिरिक्त खोप पाउने भएका छन्।
अतिरिक्त मात्रा दिनलाई कम्तीमा खोप लगाएको तीन महिना पूरा भएको हुनुपर्ने छ। साथै अतिरिक्त मात्रा दिँदा अघिल्लोपटक लगाएकै खोप दिइने छ। खोप लगाउन खोप कार्डसहित स्वास्थ्य संस्थामा सम्पर्क राख्न भनिएको छ।