काठमाडौं- पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको परीक्षण गर्दा ३९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै यही अवधिमा २६३ जना डिस्चार्ज भएका छन्। बितेको २४ घण्टामा ३ जना कोरोना संक्रमितको ज्यान समेत गएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ८ लाख २९ हजार ६३२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार ३१८ जनामा संक्रमण पुष्टि भएको छ।
तीमध्ये कुल ८ लाख १२ हजार ९३७ जना संक्रमण मुक्त हुँदा ११ हजार ६०१ जनाको मृत्यु भएको छ। कोरोना निको हुने दर ९८ प्रतिशत रहेको छ भने क्वारेन्टाइनमा ९८ जना रहेका छन्। यस्तै देशभर सक्रिय संक्रमित ५ हजार ९४ जना रहेका छन्।