काठमाडौं- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति रहँदा विवादै विवादमा मुछिएकी डा संगीता भण्डारी फेरि पनि उपकुलपति बन्ने दौडमा सक्रिय भएकी छिन्। डा भण्डारी यतिबेला उपकुलपतिमा दोहोरिन शक्ति केन्द्रमा धाउन थालेकी छिन्।
प्रधानमन्त्री पत्नि आरजु देउवादेखि कांग्रेस नेता शशांक कोइराला समेतलाई उनले भेटेर उपकुलपतिमा दोहोरिन चाहेको कुरा बताइसकेकी छिन्। उनले दाङका स्थानीय नेताहरु मार्फत समेत उपकुलपतिका लागि लबिइङ गरिरहेकी छिन्।
डा भण्डारीले प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन समेत दिएकी छिन्। उनीसहित १६ जनाले उपकुलपतिका लागि आवेदन दिएका छन्। डा भण्डारीको कार्यकाल मंसिर २६ गते सकिएको हो।उनको कार्यकाल सकिएपछि उपकुलपति छनोट सिफारिस समितिले आवेदन माग गरेको थियो।
समितिले दिएको समयसिमाभित्र डा भण्डारीले पनि आवेदन हालेकी छिन्। यसअघिको कार्यकालमा उनी धेरैजसो समय विवादमा मात्र आइरहिन्। प्रतिष्ठान सञ्चालमा चासो नदिएकोदेखि उपकरण लगायतका समग्री खरिदमा उनी विवादमा मुछिएकी हुन्।
स्वास्थ्य मन्त्रालयले गरेको छानबिनमा समेत उनले प्रतिष्ठानमा सुधारको काम गर्न नसकेको, विवादमा आएको, काममा ढिला गरेको लगायतका समस्या देखिएको थियो।
यी हुन् उपकुलपतिका लागि आवेदन दिएका १६ जना
डा रामेश कोइराला
डा नारायण विक्रम थापा
डा संगीता भण्डारी
डा विकास लामिछाने
डा पवनजंग रायमाझी
डा प्रदीप घिमिरे शर्मा
डा भुमेश्वर आचार्य
प्राडा राजेन्द्रराज वाग्ले
डा जितनारायण यादव
डा विश्वनाथ यादव
डा रेवतीरमण मल्ल
डा प्रवीण श्रेष्ठ
डा लक्ष्मीनारायण सिंह
डा सन्जयकुमार ठाकुर
डा ऋषिकेशनारायण श्रेष्ठ
डा प्रवोध रेग्मी