बैतडी- बैतडीमा हालसम्म एक लाख २६ हजार बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार यहाँका सबै स्थानीय तहमा कोरोनाको पूर्ण मात्रा भने ९१ हजार ३०६ जनाले पाएका हुन्।
पछिल्लो विवरण अनुसार पुर्चौंडी नगरपालिकामा– १९ हजार ८६ जनाले पहिलो मात्रा र १० हजार ३३६ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा १८ हजार ६४५ जनाले पहिलो मात्रा र १८ हजार ३५६ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। डिलाशैनी गाउँपालिकामा १५ हजार २८३ जनाले पहिलो मात्रा र ८ हजार ४४३ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।
यसैगरी जिल्लाको पाटन नगरपालिकामा १५ हजार २०३ जनाले पहिलो मात्रा र २१ हजार ३०३ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। मेलौली नगरपालिकामा १२ हजार ९५९ जनाले पहिलो मात्रा र पाँच हजार ३८४ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। दोगडाकेदार गाउँपालिकामा ८ हजार ९९५ जनाले पूर्ण खोप र ८ हजार ५९५ जनाले पहिलो मात्रा पाएका छन्।
सिगास गाउँपालिकामा ११ हजार १०५ जनाले पहिलो मात्रा र तीन हजार ३३७ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ। सुर्नया गाउँपालिकामा ९ हजार ४९ जनाले पहिलो मात्रा र चार हजार ९२ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ। पञ्चेश्वर गाउँपालिकामा ८ हजार ३८० जनाले पहिलो मात्रा र ६ हजार ९९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।
शिवनाथ गाउँपालिकामा सात हजार ३५० जनाले पहिलो मात्रा र चार हजार ४६५ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउन समेत अनुरोध गरेको छ।
हाल पनि जिल्लाका सबै स्थानीय तहमा १२ वर्षदेखि माथिका सबै व्यक्तिलाई खोप लगाउने कार्य जारी रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। रासस