काठमाडौं– कान्ति बाल अस्पताललाई इन्स्टिच्युट अफ हेल्थ साइन्स (प्रतिष्ठान) बनाउन प्रक्रिया अघि बढीसकेको स्वास्थ्य सचिव डा रोशन पोखरेलले बताएका छन्।
कान्ति बाल अस्पतालको ६० औं वार्षिकोत्सवको अवसरमा बोल्दै स्वास्थ्य सचिव डा पोखरेलले कान्ति बाल अस्पताललाई इन्स्टिच्युट अफ हेल्थ साइन्स बनाउने विषयमा प्रक्रियागत कार्य अघि बढेको बताएका हुन्।
कान्ति बाल अस्पतालले यसअघि नै इन्स्टिच्युट अफ हेल्थ साइन्स बनाउन भन्दै स्वास्थ्य मन्त्रालयमा प्रस्ताव पेस गरिसकेको अस्पतालका निर्देशक डा अजित रायमाझीले बताए।
कान्ति बाल अस्पतालमा हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का रेजिडेन्ट डाक्टरहरुले प्रयोगात्मक अभ्यास तथा तालिम लिँदै आएका छन्।