काठमाडौं- काठमाडौँ उपत्यकाका ३ सय १० जना संक्रमित थपिएका छन्। काठमाडौँ जिल्लामा मात्र पछिल्लो २४ घण्टामा २ सय २१ जना संक्रमित थपिएका छन् । त्यस्तै, ललितपुरमा ५९ तथा भक्तपुरमा ३० जनामा संक्रमण पुष्टि भएको छ। उपत्यकाबाहिर कास्कीमा १८ तथा सुनसरी जिल्लामा १६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।