काठमाडौं– कान्ति बाल अस्पतालले २० वर्षदेखि निरन्तर उत्कृष्ट सेवा प्रदान गर्ने अस्पतालका डाक्टर तथा नर्सलाई सम्मान गरेको छ।
बिहीबार अस्पतालको ६० औं वार्षिक उत्सवको अवसरमा आयोजिक कार्यक्रममा अस्पतालले २ जना चिकित्सक, ५ जना नर्सिङ स्टाफ र एकजना एएनएमलाई सम्मान गरेको हो।
सम्मान पाउनेमा प्रमुख कन्सल्टेन्ट पेडियाट्रिक डा बिना प्रजापति मानन्धर र सिनियर कन्सल्टेन्ट पेडियाट्रिक डा नजला खातुन, स्टाफ नर्सहरु निर्मला रेग्मी, इन्दु अधिकारी, चन्द्रा कुमारी धमला र लक्ष्मी न्यौपाने र एएनएम निर्मला भट्टलाई सम्मान गरिएको हो।
यस्तै, कान्ति बाल अस्पतालमा लामो समय सेवा प्रदान गरी अनिवार्य अवकास प्राप्त गर्ने डा मधुसुदन पुन तथा स्वास्थ्यकर्मी तथा कर्मचारीहरु धर्मदेजी श्रेष्ठ, मचाबाबु महर्जन, बद्रि प्रसाद नेपाल, रामेश्वर पोडे र सावित्री केसीलाई पनि सम्मान गरिएको थियो।