काठमाडौं- कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर)को निमित्त प्रशासकीय अधिकारी प्राडा भुपेन्द्रकुमार बस्नेत एघारौँ तहमा बढुवा भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २१ पुसमा बसेको बढुवा समितिको बैठकले डा बस्नेतलाई एघारौँ तहमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
डा बस्नेत स्वास्थ्य सेवा अन्तर्गतको मेडिसिन /ग्याष्ट्रोइन्टेरोलोजी समूहका हुन्। उनी सोही समूह अन्तर्गत प्रमुख कन्सलटेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट पदमा बढुवाका लागि सिफारिस भएका हुन्।