काठमाडौं - नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा सरला केसी नियुक्त भएकी छिन्। गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैठकले उपाध्यक्षमा शारदा अर्याल, सदस्यहरुमा राधा सिलवाल, रोशनी तुईतुई र रमा पहाडीलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ।
केसी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्लुक अफ नर्सिङकी डिन हुन्। उपाध्यक्ष अर्याल वीर अस्पतालमा कार्यरत छिन् भने सदस्यमा नियुक्त भएका तुईतुई वीर अस्पताल नर्सिङ क्याम्पस र पहाडी विनायक नर्सिङ क्याम्पसकी प्रिन्सिपल हुन्।