काठमाडौं- स्वास्थ्य सेवा विभागले स्वास्थ्यकर्मीहरुको कार्यसम्पादन मूल्यांकन फारम माग गरेको छ। पुस मसान्तसम्म स्तरवृद्धिका लागि याेग्यता पुगेका स्वास्थ्यकर्मीहरुको कार्यसम्पादन मूल्यांकन मागिएकाे हाे।
संघ अन्तर्गत सम्बन्धित सबै कार्यालय, प्रदेश अन्तर्गत सबै कार्यालय र सबै स्थानीय तहलाई पत्राचार गर्दै विभागले पुस मसान्तसम्म स्तरबृद्धिका लागि योग्यता पुरा भएका स्वास्थ्यकर्मीहरुको लागि आवश्यक पर्ने कार्यसम्पादन मूल्यांकन फारम स्तरवृद्धि फाइलमा संलग्न राखी पेश गर्न आग्रह गरेको छ।