काठमाडौं- देशभर थप ९६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ९७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५७२ र एन्टिजेन विधिबाट ३९६ जनामा सङ्क्रमण पुष्टि भएको हो।
एन्टिजेन विधिबाट गरिएको परीक्षणमा पुस २२ र २३ गते नाकामा गरिएको तथ्यांक समावेश रहेको छ। यही अवधिमा थप २६२ जना सङ्क्रमणमुक्त भएका छन्। नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १३ हजार ७०९ जना सङ्क्रमणमुक्त भइसकेका छन्। नेपालमा निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।
हाल देशभर ५ हजार ७४१ जना सक्रिय सङ्क्रमित रहेका छन्। कोभिड–१९ को सङ्क्रमणबाट थप कसैको मृत्यु भने भएको छैन।