काठमााडौं- पछिल्लो २४ घण्टामा उपत्यकामा ३६९ जना संक्रमित थपिएका छन्। काठमाडौँ जिल्लामा मात्र २८४ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ६२ तथा भक्तपुरमा २३ जना संक्रमित थपिएका छन्। बिहीबार ३१० जनामा संक्रमण पुष्टि भएको थियो।
यता, देशभर थप ९६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ९७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५७२ र एन्टिजेन विधिबाट ३९६ जनामा सङ्क्रमण पुष्टि भएको हो।