काठमाडौं- नर्भिक इन्टरनेशनल हस्पिटलले शनिवार (भोलि) निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ। हस्पिटलले पुस महिनाभरि मृगौला, मूत्रनली र मूत्रथैली केन्द्रीत फ्री ओपिडी सेवा संचालन गरिरहेको छ।
यही योजना अनुसार भोलि नर्भिककोे यूरोलोजी टिमले निःशुल्क ओपिडी संचालन गर्ने अस्पतालले जनाएको छ। निःशुल्क ओपिडी सेवामा यूरोसर्जरी विशेषज्ञद्वय डा सञ्जिवभक्त विष्ट र डा सुनिल श्रेष्ठले सेवा दिनेछन्।
शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म २ घण्टा निःशुल्क ओपिडी संचालन हुनेछ । नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा संचालन गर्दै आएको छ।