काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ।
शनिबार बिहान प्रचण्डको सचिवालयले हिजो बेलुका गरेको पीसीआर परीक्षणका क्रममा प्रचण्डमा कोरोना पोजिटिभ देखिएको जनाएको छ।
अध्यक्ष प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएपछि पीसीआर परीक्षण गरिएको थियो। संक्रमणपछि प्रचण्ड चिकित्सकको सल्लाहमा घरमै आइसोलेसनमा बसेको उनको सचिवालयले जनाएको छ।
यस्तै माओवादी केन्द्रका नेता नारणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको छ।