काठमाडौं– नेपाल जनस्वास्थ्य संघको निर्वाचन आज शुरु भएको छ। संघको नयाँ कार्यसमितिका लागि दुई प्यानलबीच चुनावी प्रतिस्पर्धा भएको छ। पेशागत समूह र प्रगतिशील समूहबीच चुनावी प्रतिस्पर्धा हुन लागेको हो।
आज बिहान ९ बजे देखि सुरु भएको मतदान अपरान्ह ५ बजेसम्म चल्ने बताइएको छ। मतदान सकिएपछि आजै मतगणना सुरु हुने पनि निर्वाचन समितिले जनाएको छ।
संघको अध्यक्ष पदका लागि पेशागत समूहबाट महेश्वर श्रेष्ठले उम्मेदवारी दिएका छन् भने प्रगतिशील समूहबाट बसन्त अधिकारीले उम्मेदवारी दिएका छन्।
यस्तै उपाध्यक्ष पदका लागि पेशागत समूहबाट बिमला भट्टले उम्मेदवारी दिएकी छन् भने प्रगतिशील समूहबाट शुदर्सन पौडेलले उम्मेदवारी दिएका छन्।
यस्तै महासचिवमा पेशागत तर्फबाट सागर दाहाल र प्रगतिशील तर्फबाट कैलाश खाकी श्रेष्ठले उम्मेदवारी दिएका छन्।
सचिवमा पेशागत तर्फबाट रोशीन लामा र प्रगतिशील तर्फबाट तेज प्रसाद दुलालले उम्मेदवारी दिएका छन्।
कोषाध्यक्ष पदका लागि पेशागत तर्फबाट चेतराज पण्डितले उम्मेदवारी दिएका छन् भने प्रगतिशील समूहबाट डमरु प्रसाद पनेरुले उम्मेदवारी दिएका छन्।
सह–कोषाध्यक्षमा पेशागत तर्फबाट उमा थापा र प्रगतिशील तर्फबाट हईकलि थापाले उम्मेदवारी दिएका छन्।
केन्द्रीय सदस्य पदका लागि पेशागत समूहबाट खुल्ला तर्फ दयाकृष्ण पन्त, अञ्जना खड्का, सुदीप चिलुवाल, धनप्रसाद पौडेल, बिञ्जोला श्रेष्ठ, खकीन्द्र भण्डारी छन् भने समावेशी सदस्यमा रामनन्द पण्डित, रण्धीर यादव र अम्बिका बाँनिया छन्।
यस्तै प्रगतिशील समूहबाट खुल्ला तर्फबाट बसन्त देवकोटा, बिजेश बस्नेत, बिकेश मल्ल, मुकुन्दराज गौतम, प्रतीक खनाल र उमेश चन्द घिमिरेले उम्मेदवारी दिएका छन्।
समावेशी सदस्यतर्फ जागृति पौडेल, कुन्जना पाण्डे र राम बहादुर श्रेष्ठ रहेका छन्।
संघको निर्वाचनबाट १५ सदस्यीय कार्यसमिति चयन हुने निर्वाचन समितिले जनाएको छ।