काठमाडौं- मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लप्रेस ओब्रादोरले देशको स्वास्थ्य नियामकले मर्क औषधि कम्पनीले कोरोनाको औषधि मोल्नुपीराविरलाई आपातकालीन प्रयोगको अनुमति दिएको जानकारी दिएका छन्।
स्वास्थ्य विभागले पछि एक विज्ञप्ति जारी गरेर यसको पुष्टि गरेको थियो। राष्ट्रपतिले मेक्सिकोको स्वास्थ्य नियामकले फाइजर कम्पनीको औषधि पैक्सलोविडको चाँडै प्रयोगको अनुमति दिने बताए।
दुबै औषधिलाई गत महिना अमेरिकामा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको थियो।मोल्नुपीराविरलाई रिजब्याक बायोथेराप्यूटिक्सले विकसित गरको हो र क्लीनिकल ट्रायलका क्रमममा यसको प्रयोगले अस्पतालमा भर्ना हुने र मृत्युको दरलाई ३० प्रतिशत कमी पाइएको थियो। राष्ट्रपति ओब्रादोरले आफ्नो योजना दुवै औषधिलाई चाडै सरकारी अस्पतालमा उपलब्ध गराइने भएको बताए।
यूनिवर्सिटी कलेज लण्डनमा जेनेटिक्स इन्स्टीच्युटका निर्देशन प्रोफेसर फ्रांस्वा बालूले मद्यलनुपीराविर औषधिले शरीरमा भाइरसको असरलाई कम गर्नेछ भने र यी दुवै औषधिले ओमिक्रोनसँग लड्ने क्षमता राख्नेमा विश्वस्त छन्।