काठमाडौँ- नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार नाघेको छ। शनिबारसम्म ६ हजार १४० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै ११३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर थप ९४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। १३ हजार २६४ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। सबैभन्दा धेरै काठमाडौंमा ३६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।