काठमाडौं- नेपाल जनस्वास्थ्य संघको आज भएको निर्वाचनको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा प्रगतिशील समूहका बसन्त अधिकारीले अग्रता लिएका छन्।
निर्वाचन समितिले दिएको जानकारी अनुसार बसन्त अधिकारको २८७ मत आएको छ। यस्तै उनका प्रतिस्पर्धी महेश्वर श्रेष्ठको २७६ मत आएको छ। श्रेष्ठ पेशागत समूहका हुन्।
यस्तै उपाध्यक्षमा पेशागत समूहकी बिमला भट्टले ३६८ मत ल्याएको छिन् भने प्रगतिशील समूहका शुदर्सन पौडेलले २०० मत ल्याएका छन्।
यसैगरी, महासचिवमा पेशागत तर्फका सागर दाहालले ३११ मत ल्याएका छन् भने प्रगतिशील तर्फका कैलाश खाकी श्रेष्ठले २६४ मत ल्याएका छन्।
सचिवमा पेशागत तर्फका रोशन लामाले ३४८ र प्रगतिशील तर्फका तेज प्रसाद दुलालको २११ मत आएको छ।
कोषाध्यक्ष पदमा पेशागत तर्फका चेतराज पण्डितको २७२ मत आएको छ भने प्रगतिशील समूहका डमरु प्रसाद पनेरुको २८१ मत आएको छ।
सह–कोषाध्यक्षमा पेशागत तर्फकी उमा थापाको ३१५, प्रगतिशील तर्फकी हईकली थापाको २०३ र सकिल धोवीको २९ मत आएको छ।
केन्द्रीय सदस्यहरुमा
अम्बिका बानियाँ २८२
जाग्रिती पौडेल २२६
कुन्जना पाण्डे २३९
मनोज नेपाली ५६
रामबहादुर श्रेष्ठ २१४
रामानन्द पण्डित ३०३
रणधिर यादव ३०५
सदस्य (खुला)
अन्जना खड्का २७०
बसन्त देवकोटा २४१
बिजेश बस्नेत २५२
विकाश मल्ल २०७
बिन्ज्वाला श्रेष्ठ २४३
दयाकृष्ण पन्त २२२
धनप्रसाद पौडेल १७७
गणेश राज पौडेल २७
खकिन्द्र बहादुर भण्डारी १९८
मुकुन्द राज गौतम १८६
प्रतिक खनाल २७७
राधाकृष्ण पौडेल १२
सुदिप चिलुवाल ३१६
उमेशचन्द्र घिमिरे १९९