काठमाडौं- नेपाल जनस्वास्थ्य संघको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा प्रगतिशील समूहका बसन्त अधिकारीले अग्रता कायमै छ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार बसन्त अधिकारको ४२२ मत आएको छ। यस्तै उनका प्रतिस्पर्धी महेश्वर श्रेष्ठको ३८५ मत आएको छ। श्रेष्ठ पेशागत समूहका हुन्।
यस्तै उपाध्यक्षमा पेशागत समूहकी बिमला भट्टले ५१६ मत ल्याएको छिन् भने प्रगतिशील समूहका शुदर्सन पौडेलले २९६ मत ल्याएका छन्।
यसैगरी, महासचिवमा पेशागत तर्फका सागर दाहालले ४२९ मत ल्याएका छन् भने प्रगतिशील तर्फका कैलाश खाकी श्रेष्ठले ३९० मत ल्याएका छन्।
सचिवमा पेशागत तर्फका रोशन लामाले ५०० र प्रगतिशील तर्फका तेज प्रसाद दुलालको २९६ मत आएको छ।
कोषाध्यक्ष पदमा पेशागत तर्फका चेतराज पण्डितको ४०६ मत आएको छ भने प्रगतिशील समूहका डमरु प्रसाद पनेरुको ३७९ मत आएको छ।
सह–कोषाध्यक्षमा पेशागत तर्फकी उमा थापाको ४४०, प्रगतिशील तर्फकी हईकली थापाको २९६ र सकिल धोवीको ४० मत आएको छ।
केन्द्रीय सदस्यहरुमा
अम्बिका बानियाँको ३७६
जाग्रिती पौडेलको ३३४
कुन्जना पाण्डेको ३३९
मनोज नेपालीको ८८
रामबहादुर श्रेष्ठको ३०१
रामानन्द पण्डितको ४१९
रणधिर यादव ४२३
सदस्य (खुला)
अन्जना खड्का ४६०
बसन्त देवकोटा ३६५
बिजेश बस्नेत ४२२
विकेश मल्ल ३१७
बिन्ज्वाला श्रेष्ठ ४१४
दयाकृष्ण पन्त ३४९
धनप्रसाद पौडेल २८३
गणेश राज पौडेल ५०
खकिन्द्र बहादुर भण्डारी ३१७
मुकुन्द राज गौतम २८२
प्रतिक खनाल ४५७
राधाकृष्ण पौडेल ३२
सुदिप चिलुवाल ५२३
उमेशचन्द्र घिमिरे २७६