काठमाडौं- नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा बसन्त अधिकारी निर्वाचित भएका छन्। प्रगतिशिल समूहका अधिकारीले पेशागत समूहका महेश्वर श्रेष्ठलाई २७ मतले पछि पार्दै जित हासिल गरेका हुन्।
अधिकारीले ५९२ मत ल्याएका छन् भने श्रेष्ठले ५६५ मत ल्याएका छन्। यस्तै अध्यक्षमा उम्मेदवारी दिएर पछि श्रेष्ठलाई समर्थन गरेका कृष्णमान शाक्यको पनि १९ मत आएको छ।
मतगणना सकिएपनि आधिकारिक घोषणा भने भइसकेको छैन।
यस्तै, महासचिवमा सागर दाहाल निर्वाचित भएका छन्। दाहालले प्रतिस्पर्धीभन्दा १२० मत बढी ल्याएर जित हासिल गरेका छन्। दाहालको ६४६ मत आएको छ भने उनका प्रतिस्पर्धी कैलाश खाकी श्रेष्ठको ५२६ मत आएको छ।
यसैगरी, उपध्यक्षमा विमला भट्ट विजयी भएकी छन्। उनले आफ्नो प्रतिस्पर्धी रहेका सुदर्शन पौडेलले भन्दा २९२ मत बढी ल्याएकी छिन्। भट्टको ७२७ मत आउँदा पौडेलले ४३५ मत आएको छ।
यस्तै, कोषाध्यक्षमा चेतराज पण्डित विजयी भएका छन्। पण्डितको ६२२ मत आउँदा उनका प्रतिस्पर्धी डमरु पनेरुको ५०३ मत आएको छ। सचिवमा रोशन लामा ७१९ मत र सह-कोषाध्यक्ष उमादेवी थापाले ५८६ मतका साथ विजयी भएका छन्।
विजयी सदस्यहरु
सुदिप चिलवाल ७७६ मत
अञ्जना खड्का ६९१ मत
प्रतिक खनाल ६७८
विन्जला श्रेष्ठ ६१०
विजेश बस्नेत ६००
दयाकृष्ण पन्त ४९४
रामानन्द पण्डित ६०७
अम्बिका बानिया ५४४
रणधिर यादव ५९९
