काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा होम आइसोलेसनमा बसेका छन्।
बिहीबार र शुक्रबार बालुवाटारमा बसेको सत्तारूढ राजनीतिक समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेतामा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री देउवा होम आइसोलेसनमा बसेका हुन्।
उक्त बैठकमा सहभागी रहेका सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि होम आइसोलेसनमा बसेका छन्।
प्रधानमन्त्री देउवा र सञ्चारमन्त्री कार्की शनिबारदेखि नै होमआइसोलेसनमा बसेको उनीहरुको सचिवालयले जनाएको छ। उनीहरू दुवै जनाको आज पीसीआर परीक्षण गर्ने तयारी छ।