काठमाडौ- काठमाडौ मेडिकल कलेज(केएमसी) र नोबेल मेडिकल कलेजका विद्यार्थीको आन्दोलनमा विभीन्न ७ मेडिकल कलेजका विद्यार्थीहरुले समर्थन जनाएका छन्। विज्ञप्ति निकालेर महाराजगञ्ज चिकित्सा क्याम्पस, नेशनल मेडिकल कलेज,किष्ट मेडिकल कलेज,चितवल मेडिकल कलेज,युनिभर्सल मेडिकल कलेज,गण्डकी मेडिकल कलेज र जानकी मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलनरमा समर्थन जनाएका हुन् ।
उनिहरुले आन्दोलनरत विद्यार्थीको मfग पुरा गर्न मेडिकल कलेजहरुलाई आग्रह गरेका छन्। उनिहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलजेहरुलाई तत्काल फिर्ता गर्न माग गरेका छन। सरकारले तोकेभन्दा अतिरिक्त शुल्क मागेको भन्दै काठमाडौं मेडिकल कलेज र नोवेलका विद्यार्थीले आन्दोलन गरिरहेका छन्।
दुइ मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएस र बीडीएसका विद्यार्थीलाई पढ्न नदिएपछि विद्यार्थीहरु आन्दोलित भएका हुन्।
